संसद विघटनबारे सर्वोच्च अदालतलाई राष्ट्रपति कार्यालयको यस्तो जवाफ

संसद विघटनबारे सर्वोच्च अदालतलाई राष्ट्रपति कार्यालयको यस्तो जवाफ


काठमाण्डु – राष्ट्रपतिको कार्यालयले मन्त्रिपरिषद्को सिफारिसमा संसद विघटन गरेको प्रष्ट पारेको छ ।

आइतबार प्रतिनिधिसभा विघटनबारे आइतबार सर्वोच्च अदालतलाई आफ्नो लिखित जवाफ पठाउँदै पेश गर्दै राष्ट्रपतिको कार्यालयले मन्त्रिपरिषदको सिफारिस अनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको मिति घोषणा गरेको बताएको हो ।

‘संविधानको धारा ६६ को उपधारा (२) मा नेपालको संविधान वा संघीय कानुन बमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनि किटानीसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसूकै कार्य मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट हुनेछ र त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्रीमार्फत पेश हुनेछ भन्ने व्यवस्था रहेको छ’, राष्ट्रपतिको कार्यालयका तर्फबाट सचिव हरि पौडेलले दिएको लिखित जवाफमा भनेका छन् ।

राष्ट्रपति कार्यालयले आफ्नो लिखित जवाफमा संवैधानिक व्यवस्थाअनुसार  पुस ५ मा बसेको मन्त्रिपरिषदको बैठकबाट नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ को एवं संसदीय प्रणालीको आधारभूत मर्म एवम् मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरुको अभ्यास बमोजिम राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको मिति घोषणा गरिएको उल्लेख छ ।