काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखिएपछि गत असार २ गते महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति पौडेल ११ दिनपछि बुधबार डिस्चार्ज भएका हुन्।
राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जनाए पनि उनको स्वास्थ्य अवस्था वा उपचार प्रक्रियाबारे कुनै जानकारी गराएको छैन। उनलाई मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना गरिएको हो।





प्रतिक्रिया