खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन्। विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकोमा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उनले देशको सान राख्न खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्ने जिकिर गरे।

राष्ट्रपति पौडेलले नेपाली क्रिकेट टोलीले देशको इज्जत र गौरव बढाएको बताए। उनले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा पनि क्रिकेट टोलीले ऐतिहासिक सफलता प्राप्त गरेकामा प्रसन्नता व्यक्त गरे। नेपाली क्रिकेट खेलाडीको प्रदर्शनबाट मनभित्रैबाट आनन्द मिलेको उनले उल्लेख गरे।

‘मैले नेपालले खेलेको बिहीबारको खेल हेरेँ। असाध्यै राम्रो खेल थियो। दर्शकहरू पनि प्रफुल्ल हुनुहुन्थ्यो’, उनले भने, ‘यस्तो ठूलो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो। खेललाई राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन।’

सो अवसरमा राष्ट्रपति पौडेलले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई दिए। उनले आगामी दिनमा थप सफलताको कामनासमेत गरे।