राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश

राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८० जारी गरेका छन् ।

बुधबार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।