राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । २४ वैशाख आइतबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान भएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि बुधबार महासचिव गौतमले जारी गरेको अत्यन्त जरुरी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement