प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन् ।  बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले आजैबाट हुन लागेको भारत भ्रमणबारे जानकारी गराएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले आजदेखि हुने आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले बुधबार चार दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दैछन् । प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ः२५ बजे प्रस्थान गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग बिहीबार दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता गर्दैछन् । दुई नेताबीच एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरको वार्ताका लागि समय छुट्याइएको छ ।

लगानी,व्यापार, प्रविधि विकास, विकास आयोजनाको निर्माण, अपराध अनुसन्धानमा सहकार्यलगायत विषयमा डेलिगेसन लेभलमा सहमति हुनेछ । भारतको सहुलियत ऋणमा बनेको न्यु मोदी–लेखनाथ प्रसारण लाइन, कसुहा–कटैया डबल सर्किट लाइन तथा नेपालगन्जमा बनेको एकीकृत जाँच चौकीको संयुक्त उद्घाटनको तयारी छ ।