राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिका लागि डेढ अर्बको हेलिकप्टर आइपुग्यो

राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिका लागि डेढ अर्बको हेलिकप्टर आइपुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भीभीआईपीका लागि खरिद गरिएको महंगो र अत्याधुनिक नयाँ हेलिकप्टर बिहीबार काठमाडौं आइपुगेको छ। सरकारले नेपाली सेनामार्फत झिकाएको उक्त हेलिकप्टर १८ दिनपछि काठमाडौं आइपुगेको हो। १४ मिलियन युरो (करिब डेढ अर्ब) मूल्यको उक्त हेलिकप्टर सेप्टेम्बर २ मा इटलीबाट उडेको थियो।

राष्ट्रपति, प्रधानमन्‍त्रीलगायत अति विशिष्ट व्यक्तित्वको विशेष सवारीका लागि प्रयोग गरिने उक्त हेलिकोप्टर सेनामार्फत संचालन हुनेछ। यसलाई त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ अड्डा ११ बाहिनीमा राखिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।