नेकपाको स्थायि समिति बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी भएसंगै राष्ट्रपति सक्रिय

नेकपाको स्थायि समिति बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी भएसंगै राष्ट्रपति सक्रिय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक नजिकिदैं जादां राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छन् । राष्ट्रपति कार्यालय स्रोतकाअनुसार मंगलवार राष्ट्रपति भण्डारीले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र रक्षामन्त्री ईश्वर पोखरेलसंग भेटवार्ता गरेकी थिईन् । राष्ट्रपति भवन शितल निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको स्रोतको दावी छ ।

नेकपाका कार्यकारी अध्यक्ष निकट नेता पुनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको मन्त्रिपरिषद बैठकमा विरोध गरेका थिए । पुनले वैठक सकिएलगत्तै कार्यकारी अध्यक्ष प्रचण्डलाई अध्यादेशबारे प्रचण्ड निवास खुमलटार पुगेर ब्रिफिंग गरेका थिए ।

नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको बहुमत पुगेपछि सरकारको राजीनामाको मुद्दा सेलाएपनि स्थायी समितिको बैठकमा फेरी प्रधानमन्त्रीलाई राजीनामा दिन लगाउनेबारे नेताहरुबीच छलफल भइरहेको बेला नेकपाकै दुई प्रभावशाली नेताहरुलाई राष्ट्रपति भण्डारीले भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

नेकपाको सचिवालयका सदस्यहरु विष्णु पौडेल र वामदेव गौतम वामदेवले भैसेपाटी गठवन्धान तोड्दै प्रधानमन्त्री ओलीलाई साथ दिएपछि सचिवालयमा अल्पमतमा परेका नेताहरु स्थायी समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफलमा जुटेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेता झलनाथ र माधव नेपाल पार्टी नेता नारायणकाजी श्रेष्ठको निवासमा मंगलवार छलफल गरेका थिए ।

ललितपुरको हात्तीवनस्थित श्रेष्ठको निवासमा भएको छलफलका क्रममा उनीहरुले आफूनिकटका स्थायी कमिटि सदस्यलाई अबको बैठकमा कसरी प्रस्तुत गराउने र सचिवालयबाट केके एजेण्डा बनाउने भन्ने विषयमा छलफल गरेको स्रोतको दावी छ ।

नेकपाका वरिष्ठ नेता माधव नेपाल र प्रचण्ड निकट नेताहरुबीच स्थायि समिति बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्नेबारे छलफल भएसंगै राष्ट्रपति भण्डारी राजनितिक परामर्शमा जुटेकी हुन् । नेता पुनपछि राष्ट्रपति भण्डारीले मंगलवार नै प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरेकी थिईन । प्रधानमन्त्री ओलीले मंगलवार पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसंग समेत छलफल गरेका थिए ।