संविधानको मर्म र भावना अनुसार सबैले इमान्दार र प्रभावकारी प्रयास गरौँ : राष्ट्रपति पौडेल

संविधानको मर्म र भावना अनुसार सबैले इमान्दार र प्रभावकारी प्रयास गरौँ : राष्ट्रपति पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म र भावना अनुसार सबैलाई इमान्दार र प्रभावकारी प्रयास गर्न आह्वान गरेका छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै उनले वर्तमान संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।

राष्ट्रपति पौडेलले संविधानले प्रत्याभूत गरेका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिएका हुन् ।

सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट समुन्नत राष्ट्रको अग्रस्थानमा नेपाल छिट्टै पुग्न सक्ने विश्वास समेत उनको छ ।

यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले सङ्घीय प्रणालीमा जनविश्वास कायम राख्न अबका प्रयासहरू निर्णायक हुने उल्लेख गरेका छन् ।

सभामुख देवराज घिमिरेले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सके मात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका छन् ।

यस्तै संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा विभिन्न दलका शीर्ष नेताहरूले पनि शुभकामना व्यक्त गरेका छन् ।