भ्रष्टाचार विकेन्द्रीकरण भएको छः अध्यक्ष राणा

भ्रष्टाचार विकेन्द्रीकरण भएको छः अध्यक्ष राणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले मुलुकमा भ्रष्टाचार विकेन्द्रीकरण भएको आरोप लगाएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सु्र्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले विगतमा केन्द्रमा सीमित रहेको भ्रष्टाचारको संस्कृति अहिले गाउँसम्म पुगेको बताए ।

“स्थानीय तह, प्रदेश र सङ्घीय सरकारलाई कर तिरेर जनताको ढाड सेकिएको छ”, अध्यक्ष राणाले भने, “जनतालाई सङ्घीयताको प्रत्याभूति हुन सकेको छैन ।”

त्यस्तै राप्रपा (संयुक्त) का अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सिके राउत पृथकतावादी अभियान छोडेर राष्ट्रिय राजनीतिको मूल धारमा आउनु एकतहको सुधार भएको तर्क गरे । राष्ट्रिय एकता र अखण्डताबारे जनमत नहुने भएकाले पार्टीको नाम ‘जनमत’ राख्नु उचित नभएको उनको धारणा थियो । अध्यक्षद्वय राणा र लोहनीले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु ठिक नभएको बताए ।
रासस