राष्ट्रपति सी नेपाल भ्रमण गर्न आतुर

राष्ट्रपति सी नेपाल भ्रमण गर्न आतुर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ग्रेट हल अफ पिपुल्समा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय भेटवार्ता गरेकी छन् । सो भेटवार्तामा राष्ट्रपति भण्डारीले सीलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिएकी छन् ।

दुई समकक्षीको भेटले राष्ट्रपति सीको नेपाल भ्रमण गर्ने वातावरण निर्माण भएको मूल्यांकन गरिएको छ । अघिल्लो कार्यकालमा सीले दक्षिण एसियाका देशहरूमध्ये भुटान र नेपालबाहेकका सबै देश भ्रमण गरेका थिए । यसपटक सी सकारात्मक देखिएको बताइएको छ ।

सीले आफूलाई सुन्दर देश नेपाल भ्रमण गर्ने व्यग्र इच्छा रहेको बताएका थिए । ‘सुन्दर देश नेपाल भ्रमणलाई मैले निकै महŒवका साथ हेरेको छु । उपयुक्त समयमा म नेपाल भ्रमण गर्नेछु,’ उनले भने । उनले नेपालले एक चीन नीतिलाई समर्थन गरेकोमा राष्ट्रपति भण्डारीलाई धन्यवादसमेत दिएका थिए ।

दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै आपसी हितको विषयमा छलफल भएको चीनस्थित नेपाली राजदूतावासले जनाएको छ । राष्ट्रपति भण्डारीलाई राजकीय सम्मानका साथ स्वागत गरिएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले सीलाई दोस्रो बेल्ड एन्ड रोड फोरम भव्य सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै ट्रान्स हिमालयन मल्टी डाइमेन्स कनेक्टिभिटी नेटवर्कमार्फत क्रस बोर्डर रेल्वे निर्माणमा चीनले प्राथमिकता दिन पुनः आग्रह गरेकी थिइन् ।

चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीसँग भने, ‘नेपालसँगको मित्रतालाई हामीले उच्च प्राथमिकता दिएका छौं । नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अक्षुण्ण तथा विकासको पथलाई चीनले उच्च प्राथमिकता दिएको छ,’ उनले भने ।

सो अवसरमा भण्डारीले बीआरआईमार्फत नेपालले कनेक्टिभिटीमार्फत आर्थिक विकास र भौतिक संरचना निर्माणमा महŒवपूर्ण कार्य गर्न सक्ने बताइन् । नेपालले चीनलाई दिएको समर्थनलाई सीले उच्च मूल्यांकन गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । बेल्ड एन्ड रोड इनिसिएटिभ्स बीआरआईमा नेपालको सहभागिताको प्रशंसा गर्दै राष्ट्रपति सीले पूर्वाधार निर्माण तथा नेपाल–चीन सीमापार आर्थिक सहयोग क्षेत्रको निर्माण गर्नुपर्ने उल्लेख गरे ।यो समाचार आजको राजधानी दैनिकमा छ ।