कानुनमन्त्री तामाङले छात्राहरुबारे दिएको अभिव्यक्तिको विज्ञप्ती मार्फत माफी मागे

कानुनमन्त्री तामाङले छात्राहरुबारे दिएको अभिव्यक्तिको विज्ञप्ती मार्फत माफी मागे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेश पढ्न जाने छात्राहरुबारे आफूले दिएको अभिव्यक्ति गलत भएको स्वीकार्दै माफी मागेका छन् ।

राजधानीको चुच्चेपाटीस्थित प्राक्सिस इन्टरनेसनल एकेडेमीमा शुक्रबार मन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने छात्राहरूमाथि यौन शोषण भइरहेकोु बताएका थिए। उनले डाक्टर पढ्न बंगलादेश जाने छोरी चेलीबारे आज म कथा खोल्छुु भन्दै दिएको भाषणको भिडियो सार्वजनिक भएपछि मन्त्री तामाङ विवादमा तानिएका छन्। मन्त्रालयको तर्फबाट विज्ञप्ति निकालेर माफी मागेका छन् ।

यसअघि झापा, बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले पनि बंगलादेश जाने छात्रामाथि हुबहु टिप्पणी गरेका थिए। त्यसको पनि भिडियो सार्वजनिक भएको थियो। उनले पत्रकार सम्मेलनमा बंगलादेशमा छात्रहरु पााच बर्षमा पढेर आउने तर छात्राहरुलाइ पोफ्रसरहरुले करणी गरेर राखने हुदा ८ बर्षमा आउने जस्तो भनाइ व्यक्र गरेका थिए ।

प्रसाईंको अभिव्यक्तिमा बंगलादेश, ढाकास्थित वर्ल्डवाइड नेपलिज स्टुडेन्टस् अर्गनाइजेसनु ले विज्ञप्ति जारी गरी भर्त्सना गरेको थियो।

विज्ञप्तिमा प्रसाईंको भनाइले बंगलादेश पढ्न जाने सबै विद्यार्थी र उनीहरूका अभिभावकलाई चोट पुर्याएको छ। उनले छात्राहरूको चरित्रमै प्रश्न उठाउनु असह्य छ। यो सबै प्रसाईंले आफ्नो व्यक्तिगत स्वार्थ निम्ति भनेका हुन्। यसमा कुनै सत्यता छैन। लगायत लेखिएको छ।

यसरी दुर्गा प्रसाईंको अभिव्यक्तिमा बंगलादेशस्थित विद्यार्थीले विज्ञप्ति जारी गर्दागर्दै कानुनमन्त्री तामाङले समेत प्रसाईंको भनाइमा तालमेल मिलाएका थिए।