काठमाण्डु – प्रेस चौतारी नेपाल, एशोसिएट प्रदेशको अध्यक्षमा श्रीहरी थापा सर्वसम्मत चयन भएका छन् । शनिबार काठमाण्डुमा सम्पन्न प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशको प्रथम अधिवेशनले थापाको नेतृत्वमा ४९ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा श्याम सुन्दर पुडासैनी, सुरक्षा भट्टराई, महासचिवमा रघुनाथ सापकोटा, सचिवमा मनोज न्यौपाने, विक्रम सुनार र कोषाध्यक्षमा पुजा ढकाल (पवित्रा) चयन भएका छन् । प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशले विधागत १४ शाखाहरुमा पनि नेतृत्व चयन गरेको छ ।
चलचित्र पत्रकारमा अध्यक्ष मनिश अञ्जान दाहाल, नेपाल पत्रकार मञ्चमा अध्यक्ष सरस्वती गौतम, पर्यटन पत्रकारमा अध्यक्ष नवराज भण्डारी, अनलाईन टिभी पत्रकारमा संयोजक पवल फुयाँल, पत्रकारिता विकास समाजमा संयोजक सुप्रिया मुडभरी, खेलकुद पत्रकारमा संयोजक सुजन श्रेष्ठ, आर्थिक पत्रकारमा संयोजक सुजन ढुंगाना, शिक्षा पत्रकारमा संयोजक भोलादीप तिमल्सिना, वातावरण पत्रकारमा संयोजक बिगेन तुलाधार, फोटो पत्रकारमा संयोजक सालिकराम तिवारी, अनलाईन पत्रकारमा संयोजक प्रवेश सुवेदी, समिक्षक समाजमा संयोजक विष्णु शर्मा र स्वास्थ्य पत्रकारमा संयोजक बिन्दु अधिकारी चयन भएका छन् ।
प्रेस चौतारी नेपालको एशोसिएटसहित बागमती, उपत्यका र प्रतिष्ठान प्रदेशको संयुक्त अधिवेशनको उद्घाटन नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गरेका थिए ।




प्रतिक्रिया