प्रा.डा. शर्मा नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्ष नियुक्त

प्रा.डा. शर्मा नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्ष नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्राध्यापक डा. लेखनाथ शर्मा नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष नियुक्त भएका छन् । डा. शर्मालाई मन्त्रिपरिषद्ले प्रतिष्ठानको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

त्यही निर्णय बमोजिम शर्मालाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. कृष्णहरि पुस्करले नियुक्तिपत्र प्रदान गदैैं सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।