काठमाण्डु – नेपालको चर्चित टाइल्स ब्रान्ड प्राइम टाइल्सले आफ्ना नवीनतम उत्पादन र ब्रान्ड अनुभवलाई देशभरका डिलर, कारीगर, आर्किटेक्ट र ग्राहकसमक्ष पुर्याउन विशेष ब्रान्डेड ट्रकहरू सञ्चालनमा ल्याएको छ ।
कम्पनीले हालै २ वटा एक्सपेरियन्स सेन्टर अन ह्वील्सको औपचारिक शुभारम्भ गरी देशका विभिन्न भू–भागमा पठाएको हो ।
ब्रान्ड अनुभव अब डिलरकै ढोकामा अभियानअन्तर्गत तयार गरिएका विशेष ट्रकहरू देशभर रहेका प्राइम टाइल्सका आधिकारिक डिलरहरूसम्म पुग्नेछन् । यस चल्ती सेन्टरमार्फत ग्राहक तथा व्यवसायीहरूले प्राइम टाइल्सको गुणस्तर, उत्पादनका विशेषता र नवीनतम डिजाइनहरूको प्रत्यक्ष अवलोकन र अनुभव गर्न पाउनेछन् । डिलरहरूलाई व्यावसायिक साझेदारका रूपमा सम्मान गर्दै उनीहरूको आत्मविश्वास बढाउन र आपसी विश्वास सुदृढ गर्न यो पहल चालिएको कम्पनीले जनाएको छ ।
डिलर सञ्जाल र बजार पहुँचमा विस्तार कम्पनीका अनुसार अभियानले डिलरहरूलाई आफ्नै परिसरमा ब्रान्डको प्रत्यक्ष अनुभव गराउनेछ, जसले उनीहरूलाई ग्राहकसँग अझ आत्मविश्वासका साथ प्रस्तुत हुन सहयोग पुर्याउनेछ । यो पहलले प्राइम टाइल्स र यसको डिलर नेटवर्कबीच दीर्घकालीन सहकार्य र समन्वयलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । यसले बजारमा ब्रान्डको उपस्थितिलाई समेत अझ प्रभावकारी बनाउने देखिन्छ ।
‘जोड़ेछ जीवन’ भन्ने मूल मन्त्रलाई आत्मसात् गरेको प्राइम टाइल्सले आगामी दिनमा पनि यस्ता नवीन सोच र उत्कृष्ट गुणस्तरका साथ नेपाली टाइल्स बजारमा नयाँ आयाम थप्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।




प्रतिक्रिया