काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गायक जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधनप्रति दुःख व्यक्त गरेका छन् । कलाकार टुहुरेको निधनको खबरले आफुू स्तब्ध भएको बताउँदै प्रधानमन्त्री देउवाले स्वर्गीय कलाकारको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुगेका लोकप्रिय कलाकार जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को उपचारका क्रममा बिहीवार निधन भएको हो ।
कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनको खवरले निकै स्तव्ध भएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । pic.twitter.com/oi4lOK9uPT
— Sher Bahadur Deuba (@SherBDeuba) August 26, 2021




प्रतिक्रिया