प्रधानमन्त्री कपको फाइनल आज, आर्मी र सुदूरपश्चिम भिड्दै

प्रधानमन्त्री कपको फाइनल आज, आर्मी र सुदूरपश्चिम भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल शुक्रबार हुँदैछ । फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्दै छन् ।

आर्मी फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै तेस्रोपटक उपाधि घर ल्याउने लक्ष्यमा हुनेछ । आर्मीले यसअघि सन् २०१७ र सन् २०२१ मा प्रतियोगिता जितेको थियो । सुदूरपश्चिम भने पहिलोपटक विजेताको सूचीमा आफ्नो नाम लेखाउने लक्ष्यमा हुनेछ ।

प्रतियोगितामा प्रतिस्पर्धारत यो टिमले इतिहासमा पहिलोपटक फाइनलमा स्थान बनाएको छ । यसअघि भएका सातवटै संस्करणमा टोलीले समूह चरण पार गर्न सकेको छैन ।

यी दुवै टिम जय ट्रफीको लागि पनि छनोट भइसकेका छन् । प्रतियोगिताको शीर्ष ६ टिम जय ट्रफीको निम्ति स्वतः छनोट हुने प्रावधानबाट यी दुईले जय ट्रफीमा स्थान बनाएका हुन् । आर्मी र सुदूरपश्चिमसँगै जय ट्रफीमा छनोट हुने टिमहरूमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, मधेस प्रदेश र लुम्बिनी प्रदेश छन् ।