काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । निर्माणाधीन विमानस्थलको अवलोकनमा पुगेका देउवाले हाल देखिएका समस्या समाधान गर्न सरकार तत्पर रहेको बताए ।
उनले अन्तर्राष्ट्रिय उडानका लागि अवरोधको रूपमा रहेको रिठ्ठेपानी डाँडा कटानका लागि सहजीकरण गर्ने र विमानस्थलको उत्तरपट्टिको बाढी तथा पूर्वपट्टिको कटान नियन्त्रणमा संघ सरकारले बजेट छुट्याउने बताए ।
आयोजना प्रमुख विनेश मुनकर्मीले हालसम्मको प्रगति र समस्याकाबारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । हालसम्म विमानस्थलको ८५ प्रतिशत काम सकिएको छ । सन् २०२२ जनवरी १ बाट आन्तरिक र २०७९ वैशाख १ बाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी छ ।




प्रतिक्रिया