प्रधानमन्त्रीले आज संसद्मा विशेष सम्बोधन गर्दै

प्रधानमन्त्रीले आज संसद्मा विशेष सम्बोधन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन्।

बिहीबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकसँग छलफलमा सभामुख देवराज घिमिरेले सदनमा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका थिए ।

चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन्। प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाँदैछन्।

प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताइसकेका छन्।

ओलीले संसद्को समेत विश्वास समेत लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने बताएका छन्।

चीनमा रहँदा प्रधानमन्त्री ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

यसबीच प्रधानमन्त्रीको सम्बोधनको क्रममा रास्वपाले अवरोध नगर्ने जनाएको छ । भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिस्कार गर्दै आएको रास्वपाले आज भने प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्न दिने जनाएको छ ।