काठमाण्डु – प्रधानमन्त्री तथा नेपानल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राजनीतिक प्रतिवेदनमार्फत प्रश्नहरु वर्षाएका छन् ।
नेकपामा जारी पत्रयुद्ध अन्तर्गत आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नीतिगत बहस हो कि वारपारको लडाईँ ? हो भन्दै काउन्टर अट्याएक गरेका हुन् । प्रचण्डले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुती, तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गम्भीर संकट निम्त्याएको’ भन्दै उनले सचिवालय बैठकमा आफ्ना ५३ बुँदामार्फत आफ्ना धारणा पेश गरेका हुन् ।
उनले लेखेका छन्, ‘यो स्वस्थ नीतिगत वहस हो कि ‘वार कि पार’ को लडाइँ ?, यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ? गिरिजाप्रसाद कोइरालादेखि माधवकुमार नेपालसम्मलाई धोका दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शान्ति प्रकृयादेखिका प्रसंग निकालेका छन् ।
उनले सातौं बुँदामा ओलीले लेखेका छन, ‘उम्मेदवारी दाखिला गर्नुभन्दा केही मिनट अगाडि मात्र संसदीय दलको कार्यालयमा तत्कालीन नेकपा (एमाले) महासचिव झलनाथ खनाललाई बोलाएर माधवकुमार नेपाललाई राष्ट्रपतिमा समर्थन गर्न सकिँदैन भन्ने जनाउ दिएको सायद बिर्सनु भएको छैन होला । कसको इशारामा र योजनामा भएका थिए यी सबै दाउपेच ?
संविधानसभा भंग भएको सन्दर्भ र त्यसपछिको निर्वाचनमा प्रचण्डलाई जिताउन गरिएको ‘तिकडम’लाई लिएर पनि ओलीले प्रश्न वर्षाएका छन् । ओलीले सोधेका छन्, ‘सहमतिका आधारमा संविधान बनाउन २०६९ साल जेठ २ गते गरिएको सहमति किन भङ्ग भयो, संविधानसभालाई निरन्तरता दिन अन्य दलले गरेको आग्रहलाई तपाईंले कसरी लत्याउनु भयो र मुलुकलाई जनप्रतिनिधिविहीन शून्यतामा पु¥याउनु भयो, इतिहासले यति सजिलै भुल्नेछैन । तै पनि, राजनीतिक दलहरुले सुझबुझका साथ संविधानसभाको दोस्रो निर्वाचन गराए । निर्वाचनको परिणाम स्वीकार्न तपाईंलाई कति गाह्रो भएको थियो ? कसरी ‘छानबीन समिति’ बनाएर तपाईंको ‘फेस सेभिङ’ गर्नुपरेको थियो ? सबै सम्झना छ नि, होइन र ?
प्रचण्डको दोहोरो शैली भन्दै आलोचना गर्दै ओलीले नवौं बुँदामा फेरि प्रश्न गरेका छन्, ‘कामरेड ‘प्रचण्ड’, किन यस्तो अपारदर्शिता ? किन यस्तो छलछाम ?’




प्रतिक्रिया