काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले सुम्पिएको प्रधानमन्त्री पद कसैले छाड् भन्दैमा छाड्ने विषय नभएको बताएका छन् ।
आज राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पद कसैले दिएको दान नभएर जनताले मनोनित गरेर पठाएकाले स्थिरता नचाहने शक्ति कसैलाई प्रधानमन्त्री पद दिन या छाड्न नसकिने बताए ।
‘कमण्डलु थापेपछि पाइने चीज हो र प्रधानमन्त्री पद !’, नेकपा अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै ओलीले भने, ‘प्रधानमन्त्री पद दान हो र कसैले भन्दैमा छाड्ने !’
आफूले कर्तव्यबोधका साथ मध्यावधि चुनाव घोषणा गरेको दाबी गर्दै उनले प्रधानमन्त्री बन्नका लागि चुनाव लडेर आउन चुनौती दिए । उनले भने, ‘मैंले गल्ती गरेको भए जनताले दण्ड देलान् नि । चुनावी मैदानमा आएर देखाउनुस् ।’
प्रतिनिधिसभा बिघटन आफ्नो वाध्यता भएको ओलीको भनाई थियो । उनले भने, ‘धेरै प्रयास गरेँ सरकार पाँच वर्ष टिकाउन । अलोकतान्त्रिक लेनदेन, जालझेल र गठजोडका कारण ताजा जनादेशमा जानुपर्यो ।’




प्रतिक्रिया