काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सार्वभौमसत्तालाई अबमूल्यन नगर्न चेतावनी दिएका छन् ।
युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएपछि प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै आपत्ति जनाएका छन् ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) को मूल प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, यो नेपालको सार्वभौमसत्ता र नेपालको उपलब्धीलाई अण्डरमाइन्ड गरेको हो, हेपेको हो ।’ संविधान नेपालको उपलब्धी भएको भन्दै उनले त्यसलाई अबमूल्यन नगर्न चेतावनी दिए ।
नेपालको विरोधपछि सच्याउँला भन्ने ठानेको तर, ईयू झन जिद्दिपूर्ण देखिएको उनले बताए । उनले भने, म ईयूलाई विनम्रतापूर्वक आग्रह गर्छु, यसलाई तुरुन्त सच्याउनुपर्छ । नेपाली जनताले अरुबाट हेपिएको महसुस गरेका छन् ।’




प्रतिक्रिया