प्रधानमन्त्री ओलीद्वारा चिनियाँ प्रधानमन्त्रीलाई बधाई


काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जनगणतन्त्र चीनको राज्य परिषद्को प्रधानमन्त्रीमा लि खछ्याङ पुनः नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षीलाई आज एक बधाई सन्देश पठाउँदै नेपाल र चीनबीचको विद्यमान सुमधुर सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै चिनियाँ प्रधानमन्त्रीको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement