साउदी राजाका भाइसहित तीन जना पक्राउ


एजेन्सी – साउदी राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ परेका छन् । राजाका भाइसहित तीन जनालाई शुक्रबार विहानै पक्राउ गरिएको हो ।

राजपरिवारका शीर्ष सदस्यलाई पक्राउ गर्न युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान (एमबिएस) ले निर्देशन दिएको बताइएको छ ।

पक्राउ पर्नेमा राजाका कान्छा भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व युवराज मोहम्मद बिन नायेफ र राजकुमार नवाफ बिन नायेफ रहेका छन् ।

पक्राउ परेका मध्ये दुई जना राजाको निकटका व्यक्ति हुन् । अनुहारमा मास्क लगाएर कालो लुगा लगाएका व्यक्तिहरुले उनीहरुलाई पक्राउ गरेका थिए ।

सन् २०१७ मा साउदी राजपरिवारका धेरै सदस्यहरु, मन्त्री तथा व्यवसायीहरुलाई रियादको सुविधा सम्पन्न होटलमा बन्धक बनाइएपछि त्यहाँभित्रको विवादका बिषय बाहिरिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement