किशोरीको तस्करी भयावहः पाँच वर्षमा ५००५ ले वृद्धि

किशोरीको तस्करी भयावहः पाँच वर्षमा ५००५ ले वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतमा बेचिने नेपाली किशोरीको संख्या सन् २०१३ यता पाँच सय प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ। सन् २०१३ मा नेपाल–भारत सीमाबाट १ सय ८ किशोरी तथा बालबालिकाको उद्धार गरिएकामा २०१७ मा ६ सय ७ किेशारीको उद्धार गरिएको तथ्य भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सार्वजनिक गरेको हो।

एसएसबीले ‘भारत–नेपाल सीमामा मानव तस्करी’ विषयमा गरेको अध्ययनले नेपालबाट भारतमा किशोरीको तस्करी भयावह देखाएको हो।तस्करीमा परेका नेपाली किशोरी दिल्ली, मुम्बई, वेश्यालयमा भारु ५० हजारसम्ममा बेचिने गरेको एसएसबीको रिपोर्टलाई उल्लेख गर्दै टाइम्स अफ इन्डियाले लेखेको समाचार आजको नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ।

भारतमा हुने अधिकांश बालबालिका तथा महिला तस्करीको मुख्य स्रोत नेपाल नै बनेको छ। एसएसबीले जनाएअनुसार तस्करीमा परेका उनीहरूलाई वेश्यावृत्ति, घरेलु काम तथा अन्य प्रकारका शोषणयुक्त श्रममा जबर्जस्ती लगाइने गरिएको छ। कतिपय अवस्थामा उनीहरूको विभिन्न अंग निकालेर गैरकानुनी रूपमा बिक्री गर्ने गरेको डरलाग्दो तथ्यसमेत एसएसबीले प्रस्तुत गरेको छ।

नेपालको महिला तथा समाज कल्याण मन्त्रालयको तथ्यांकअनुसार नेपालका २६ जिल्ला मानव तस्करीकको मुख्य निसानामा परेका छन्। यही तथ्यांकलाई उद्धृत गर्दै एसएसबीले पहाडी क्षेत्र तथा दलित समुदायका महिला तथा बालबालिकाहरू मानव तस्करीको ठूलो जोखिममा पर्ने गरेको जनाएको छ । कथित माथिल्लो जातिमा पर्ने महिला तथा बालबालिकासमेत तस्करीमा पर्ने गरेको जानकारी एसएसबीले दिएको छ।

‘नेपाली किशोरीलाई गाउँबाट काठमाडौंसम्म लगिन्छ । काठामाडौंका गेस्टहाउस वा कार्पेट उद्योग पु¥याइन्छ। त्यहाँबाट नेपालका सीमा क्षेत्रका सहरमा पु¥याइन्छ र सीमा क्षेत्रबाटै दलालको हातमा उनीहरू बेचिन्छन्। किेशारीहरू खरिद गरर दलालले बस वा रेलमा राखी मुम्बई, कोलकाता र दिल्ली पु¥याउँछन् अथवा अझ साना समहरमा समेत पु¥याएर वेश्यालयका मालिकसमक्ष भारु ५० हजारसम्म बिक्री गरिदिन्छन् ।

अधिकांश दलाल लोकल बस चढेर दिल्ली पुग्छन् भने मुम्बई पुग्नका लागि रेल प्रयोग गर्छन्,’ एसएसबीको अध्ययनमा उल्लेख छ।