अभिषेक गिरीलाई सरुवा गरेको विरोधमा माेरङ कारागारमा अागजानी

अभिषेक गिरीलाई सरुवा गरेको विरोधमा माेरङ कारागारमा अागजानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ- जिल्ला कारागार मोरङका चौकीदार अभिषेक गिरीलाई केन्द्रीय कारागार सरुवा गरेको विरोधमा कैदीबन्दीहरूले शुक्रबार कारागारभित्र आगजनी गरेका छन् । कैदीबन्दीहरूले पेट्रोल छर्केर कारागारभित्र आगजनी गर्नुका साथै तोडफोड गर्दै नाराजुलुस गरेका थिए ।

मोरङ कारागारका निमित्त जेलर शंकरप्रसाद पौडेलले चौकीदार गिरीलाई कारागार विभागबाट नै सरुवा गरेको विरोधमा कैदीबन्दीहरूले विरोध गरेको बताएकाे खबर अाजकाे कान्तिपुर दैनिकमा छ । ।

‘कैदीबन्दीहरूले कारागारको माथिल्लो छतमा चढेर नाराजुलुस गर्नुका साथै आगजनी गरेको थियो,’ उनले भने, ‘कारागारभित्र सामान्य क्षति भएको हुनुपर्छ तर असुरक्षाका कारण कारागारभित्र प्रवेश गर्ने अवस्था नरहेकाले केकति क्षति भएको यकिन साथ भन्न नसकिन्न् ।’ कैदीबन्दीहरूले गिरी चौकीदार हुँदा राम्रो सेवासुविधा प्रदान गर्दै आएकाले सरुवा बदर गर्न माग गरेको उनले सुनाए ।