गणेश लामा पुर्पक्षका लागि थुनामा

गणेश लामा पुर्पक्षका लागि थुनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- तहतियार तथा खरखजाना मुद्दा भोगिरहेका गणेश लामालाई पुर्पक्षमा थुनामा पठाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीको मागदावी अनुसार लामालाई थुनामा पठाएको हो।

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार लामाविरुद्ध ६ महिनादेखि १ वर्षसम्मको कैद र एक लाख जरिवाना मागदावी गरिएको थियो।

जिल्ला प्रशासनको आदेशअनुसार लामालाई सदरखोर डिल्लीबजार चलान गरिएको छ। फागुन अन्तिम साता राजधानीको गौशालामा पेस्तोलसहित लामा पक्राउ परेकाे खबर अाजकाे अन्नपूर्णपाेस्टमा छ ।

राजनीतिक कनेक्सन

यसअघि विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य रहेका लामा गच्छदारसँगै कांग्रेसमा फर्केका थिए । उनी गच्छदार कांग्रेसमा फर्किँदा तत्कालीन प्रधानमन्न्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बालुवाटार पसेका थिए ।

गच्छदारसँगै बालुवाटार छिरेका लामा अहिले कांग्रेसमा सक्रिय छन् । लामा गत प्रदेश(प्रतिनिधि सभाको निर्वाचनमा काभ्रे क्षेत्र नं. १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट उठेका थिए । तर उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित हुन बाध्य भएका थिए ।

विभिन्न निर्माण काममा पनि हात हालेका लामाविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा प्रहरीले मुद्दा चलाएको थियो । उनीविरूद्ध सम्पत्ती शुद्धिकरण मुद्दा पनि चलाइएको थियो।