माओवादीबाट अबरोध हुने डरले रक्षामन्त्री पोखरेल रामेछाप गएनन्

माओवादीबाट अबरोध हुने डरले रक्षामन्त्री पोखरेल रामेछाप गएनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ‌ – सरकारमा सहभागी मुख्य दल माओवादी केन्द्रका कार्यकर्ताबाट अबरोध हुने भएपछि रक्षामन्त्री ईश्वर पोखरेल सोमबार रामेछापको एक कार्यक्रममा जान सकेनन्।

रक्षामन्त्री पोखरेलले गणेश उज्जन भुवन स्मृति प्रतिष्ठानको सहयोगमा लिखु तामाकोशी गाउँपालिका २ सैपुमा निर्माण भएको अरुणोदय माविको १२ कोठे विद्यालय भवन उद्घाटन तथा स्वर्गीय गणेशकुमार श्रेष्ठ र उज्जनकुमार श्रेष्ठको शालिक अनावरण गर्न प्रमुख अतिथि बनेर जाने कार्यक्रम तय भएको थियो।

तर पोखरेल सहभागी कार्यक्रममा माओवादीले अबरोध गर्ने भएपछि कार्यक्रम नै स्थगित भएको खबर आजको नागरिक दैनिकले छापेको छ। सशस्त्र द्वन्द्वका बेला हत्या गरिएका उज्जन श्रेष्ठको हत्या आरोपमा माओवादीका नेता बालकृष्ण ढुंगेल अहिले जेलमा छन्।

हत्या गरिएका भनिएका श्रेष्ठको शव नै फेला नपरेका परिवारले बताइरहेको बेला हत्याको आरोपमा आफ्ना नेतालाई थुनेकोमा माओवादीले विरोध गर्दै आएको छ।