एकलौटी चलाउन पाउनुपर्ने भन्दै सेवा अवरुद्ध गर्ने बसको रुट पर्मिट खारेज गरिने

एकलौटी चलाउन पाउनुपर्ने भन्दै सेवा अवरुद्ध गर्ने बसको रुट पर्मिट खारेज गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सिन्डिकेट कायम राख्दै एकलौटी बस चलाउन पाउनुपर्ने माग राखी सेवा अवरुद्ध गर्ने यातायात समितिका बसको रुट पर्मिट (बाटो इजाजत पत्र) सरकारले खारेज गर्ने भएको छ।

साविकको यातायात व्यवस्था कार्यालय सानिारठूला सवारी बागमतीले मयुर यातायात प्रालिलाई काठमाडौं–बनेपाको रुट पर्मिट दिइ उक्त बसले सेवा सुरु गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसम्बद्ध १३ वटा समितिहरू आन्दोलनमा उत्रिएपछि सरकारले यस्तो निर्णय गरेको खबर आजको कारोबार दैनिकले छापेको छ।

मयुर यातायातलाई बनेपासम्म जान इजाजत दिइएको विरोधमा आइतबारदेखि महासंघसम्बद्ध १३ वटा संघरसमितिले काभ्रे र भक्तपुरका सबै ग्रामीण क्षेत्रमा सवारीसाधन चलाउन छाडेका छन्।

यसरी सिन्डिकेटका पक्षमा बन्द गरिएका सवारीहरूको लगत संकलन गर्न यातायात व्यवस्था कार्यालय, प्रहरी तथा ट्राफिक प्रहरीलाई निर्देशन दिइसकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। यसका लागि गृह मन्त्रालयसँग पनि समन्वय गरिएको जनाइएको छ।