आन्दोलित शिक्षकसँग पर्सिसम्म सहमति हुने सरकारको खुलासा

आन्दोलित शिक्षकसँग पर्सिसम्म सहमति हुने सरकारको खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्ष नजिक पुगेकाले पर्सिसम्म सहमति हुने जनाएको छ ।

क्याबिनेट बैठकबाट निस्किँदै उनले महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग शिक्षामन्त्रीको वार्ता सकारात्मक भएको खुलासा गरे ।

मन्त्री रघुजी पन्तले सोमबारको वार्ताको जानकारी गराए पनि शिक्षकहरूको आन्दोलनको एजेण्डा सोमबारको क्याबिनेटमा नभएको उनले बताए ।

उनले भने, ‘मन्त्रीज्यूले वार्ता गर्नुभएको छ, केही कुरा निष्कर्षमा पुगेको जस्तो लाग्छ मलाई । भोलि वा पर्सिसम्ममा शिक्षकहरूले उठाएका मागबारे सहमति हुन्छ । विद्यालय फर्काउन वातावरण बनाउन सकिन्छ । मन्त्रालय र शिक्षक प्रतिनिधिबीचको संवाद जानकारी गराउनुभयो भोलिसम्ममा सम्भवतः समाधान हुने अपेक्षा गरिएको छ ।’

नेपाल शिक्षक महासंघका प्रतिनिधिले भने सरकारसँगको वार्ताबारे खुलस्त पारिसकेका छैनन् ।