जनमोर्चाका सांसद निर्णायक हुँदा गुरुङको भाग्य चम्कियो, नियुक्ती र शपथ एकैदिन

जनमोर्चाका सांसद निर्णायक हुँदा गुरुङको भाग्य चम्कियो, नियुक्ती र शपथ एकैदिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको शपथ लिएका छन् । गत वैशाख २६ गते पदबाट राजीनामा दिएका मुख्यमन्त्री गुरुङ आज पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार साँझ पद तथा गोपनियताको शपथ खुवाएएकी हुन् ।

नयाँ सरकार निर्माणका लागि विपक्षी दलले बहुमत जुटाउन नसक्दा पुनः गुरुङ नेतृत्वको सरकारले निरन्तरता पाएको हो । प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको दलको नेताको हैसियतमा आजै गुरुङलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।

राष्ट्रिय जनमोर्चाका दुई जना सांसदले नयाँ सरकार गठनका लागि विपक्षीलाई समर्थन नगर्दा गुरुङ नै पुनः दोहोरिएका हुन् । उनले नियुक्ती भएको ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्नेछ ।

जनमोर्चाका सांसद कृष्ण थापा र खिमविक्रम शाहीले आफ्नो समर्थन नरहेको बताएपछि विपक्षीको नयाँ सरकार बनाउने सपना पूरा नभएको हो ।