काठमाण्डु – मन्त्रिपरिषद् बैठकले बुधबार गरेका निर्णयहरू सरकारले सार्वजनिक गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलनमार्फत बुधबारको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णयहरू सार्वजनिक गरेका हुन् ।
साउन १८ गते मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागिताका लागि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई स्वीकृती प्रदान गरिएको छ ।
रुकुम पूर्व जिल्ल्लाको सदरमुकाम सिस्ने गाउँपालिकाको वडा नम्बर ५ र ६ मा पर्ने रुकुमकोट तोक्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता मन्त्री गुरुङले जानकारी दिए ।
जापानको ओसाकामा साउन १२ र १३ गते आयोजना हुने नेपाल दिवस कार्यक्रममा सहभागी हुन उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे नेतृत्वको टोलीलाई पठाउने निर्णय सरकारले गरेको छ ।
यस्ता छन् निर्णयहरू :





प्रतिक्रिया