पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुक्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी सुचारु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना–३, चुमखोला नजिक आइतबार राति करिब ९ बजेतिर पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

सडक अवरुद्ध भएपछि यात्रु तथा सवारी साधन गन्तव्यमा पुग्न सकेका थिएनन्। प्रहरी र सडक विभागको संयुक्त प्रयासमा पहिरो पन्छाउने काम तत्काल सुरु गरिएको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले सडक विभागको उपकरण प्रयोग गरी पहिरो हटाइएपछि गए रातिदेखि नै सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको हो ।