गोरखा – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अपवित्र र अप्राकृतिक गठबन्धन तोडेर देशको राजनीति मूल ट्रयाकमा आएको टिप्पणी गरेका छन् ।
गोरखामा एमालेको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टीहरूको विघटनले जनतामा निराशा छाएकोमा अब ट्रयाकमा आएको बताए ।
उनले भने, ‘कम्युनिष्ट पार्टीप्रति जनताको आशा विश्वास, भरोसा थियो, नेकपा विभाजित भएपछि पनि २०७९ सालको चुनावमा अनन्याचुरल गठबन्धन भयो, नेकपा माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गर्यो, माधव नेपाल त्यसकै पछि पछि हिँड्नुभयो, अरु कम्युनिष्टहरू पनि त्यसैको पछि–पछि हिँडे । अहिले अपवित्र र अप्राकृतिक गठबन्धन तोडियो, कोर्स फेरियो, माओवादी केन्द्रलाई धन्यवाद दिन चाहन्छु ।’
नेपालका कम्युनिष्टहरू मिल्नुको विकल्प नरहेको उनले बताए । उनले भने, ‘एमालेले एक्लै बहुमत ल्याउन सकेन, माओवादी तेस्रो पार्टीको रूपमा स्थापित भयो, एक्लै कुनै कम्युनिष्ट पार्टी निर्णायक शक्तिको रूपमा स्थापित भएको भए गठबन्धन त्यही पार्टीको नेतृत्वमा हुन्थ्यो, त्यसो नहुँदा हाम्रा कम्युनिष्ट विकाउ माल बने । त्यसकारण पनि करेक्सन गरेर कम्युनिष्टहरू मिल्नुको विकल्प छैन ।’




प्रतिक्रिया