पृथ्वी राजमार्गमा राति ८ बजेदेखि यातायात पूर्ण बन्द

पृथ्वी राजमार्गमा राति ८ बजेदेखि यातायात पूर्ण बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– धादिङ प्रशासनले बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै पृथ्वी राजमार्गमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले सूचना जारी गर्दै बिहीबार बेलुकी ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म राजमार्गमा कुनै पनि सवारीसाधन सञ्चालन गर्न नपाइने जानकारी गराएकी हुन् ।

सूचनामा लगातार वर्षा भइरहेकाले धादिङ र आसपासका क्षेत्रमा सडकमा पहिरो खस्ने, बाढी आउने तथा डुबान हुने जोखिम रहेको उल्लेख छ । आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानसमेत रहेकाले रातिको यात्रा थप जोखिमपूर्ण हुने प्रशासनको निष्कर्ष छ ।

यात्रु तथा चालकको सुरक्षालाई प्राथमिकतामा राखेर अस्थायी रूपमा राजमार्ग बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनले यात्रामा निस्कनुअघि सडक तथा मौसमको अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

साथै, सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशन पालना गर्न तथा राजमार्गमा रोक लगाइएको समयमा यात्रा नगर्न चालक र यात्रुलाई प्रशासनले अनुरोध गरिएको छ ।