गण्डकी – गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नयाँ सरकार लामो समय नटिक्ने दाबी गरेका छन् । आइतबार बिहान पत्रकार सम्मेलन गर्दै गुरुङले अहिले बनेको गठबन्धन सरकार पूर्व र पश्चिमबाट मिलेर बनेकाले त्यसको आयु लामो नभएको दाबी गरेका हुन् ।
उनले शनिबार गठबन्धनका सांसदले गरेको क्रियाकलापप्रति असन्तुष्टि समेत जनाए । ‘दाबी गरिसकेपछि घेराबन्दी गर्नु जरुरी थिएनँ। मुख्यमन्त्रीलाई त्यहीबाट गलत्याउनुपर्छ भनि जंगली व्यवहार प्रदर्शन गरियो, उनले भने ।
साथै उनले मुख्यमन्त्रीमा आफुले पनि दाबी गरेको बताए । उनले भने, ‘१६८ (५) अनुसार सभामुख बाहेक सबैले दाबी पाउछन् । मैले पनि मुख्यमन्त्रीमा दाबी गरेको हुँ, २७ जनाको नाम दिएको हो ।’ यता प्रदेश प्रमुखले सीता पौडेलले भने एकल दाबी भएकाले मुख्यमन्त्रीमा कांग्रेस कृष्णचन्द्र नेपाली पाेखरेललाई नियुक्त गरेको विज्ञप्ति निकालेकी थिइन् ।
मुख्यमन्त्री निवास छोड्दैगर्दा गुरुङले गण्डकी सरकार ढल्नुमा प्रधानमन्त्री केपी ओली समेत जिम्मेवार रहेको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीको पनि केही गल्ती भएको तर राजनीतिक दलले आफूलाई करेक्सन गर्नुपर्ने बेला आएको बताए ।
उनले आफू कसैको दबाबमा निष्ठा त्याग्ने मानिस नभएको बताए । ‘प्रदेश सभा ५ वर्ष चल्नुपर्छ भन्ने मान्यता राखेको मान्छे हुँ, ओलीको दबाबले पृथ्वीसुब्बाले आफ्नो निष्ठा त्याग्दैन,’ उनले भने ।




प्रतिक्रिया