गण्डकीका मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त


काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वत पदमुक्त भएका छन् । आज प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि उनको मुख्यमन्त्री पद स्वत खारेज भएको हो ।

आज प्रदेश सभामा विश्वासको मत लिन गरेको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो । मतदानमा स्वतन्त्र सांसद दीपक मनाङे अनुपस्थित थिए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेका छन् ।

संविधानको धारा १६८ उपधारा ३ अनुसार बनेको गुरुङ सरकारले बहुमत प्राप्त गर्न नसकेपछि उपधारा ५ अनुसार स्वत पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement