सांसद मनाङे सम्पर्कविहीन, मुख्यमन्त्री गुरूङ संकटमा

सांसद मनाङे सम्पर्कविहीन, मुख्यमन्त्री गुरूङ संकटमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज विश्वासको मत लिँदैछन् । उनले मध्याह्न १२ बजेपछि प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री गुरूङले विश्वासको मत लिने पूर्वसन्ध्यामा स्वतन्त्र सांसदसमेत रहेका गण्डकीका खेलकूद मन्त्री राजीव गुरूङ (दीपक मनाङे)ले विपक्षी गठबन्धनलाई साथ दिने संकेत गरेका छन् । उनले प्रदेश सभामा बहुमत जता पुग्छ उतै आफ्नो साथ रहने बताएका छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ३१ चाहिन्छ ।

नेपाली कांग्रेसलगायत विपक्षी दललाई बहुमत पु¥याउन १ सांसद आवश्यक छ । यदि मनाङेले विपक्षी गठबन्धनलाई मत दिएमा कांग्रेसका कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बन्न सक्छन् । यद्यपी उनी अहिले सम्पर्कवीहिन छन् । उनको बुधबार रातिदेखि फोन सम्पर्क हुन सकेको छैन । गण्डकीमा एमालेको बहुमत नरहेको र सरकारमै सहभागी स्वतन्त्र सांसद मनाङे अन्तिम समयमा गुरुङको पक्षमा नउभिएपछि सरकार संकटमा परेको छ ।