काठमाण्डु – कोभिड–१९ को दोस्रो लहर बढेपछि विद्यालय बन्द गराउने सीसीएमसीको निर्णयप्रति प्याब्सनले आपत्ति जनाएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्यालयमा पठनपाठन बन्द गराउने सिफारिस मन्त्रिपरिषदमा पठाउने सीसीएमसीको निर्णयप्रति आपत्ति जनाएको हो । स्वास्थ्य मन्त्रालयपछि सीसीएमसीबाट भएको निर्णयले शैक्षिक संस्थामाथि ठूलो असर गरेको पनि प्याब्सलने जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
संक्रमण बढेर विद्यालय बन्द गर्नुपर्ने भए निश्चित क्षेत्र, पालिकामा गर्न पनि प्याब्सनले आग्रह गरेको छ । तर संक्रमण बढेको आशंकामा सबै विद्यालय बन्द नगर्न प्याब्सलने आग्रह गरेको हो ।





प्रतिक्रिया