प्रहरीको सेटबाट बारम्बार सुनिएको ‘१७७१’ नम्बरको प्राइभेट गाडी


राजेन्द्र फुयाल/काठमाडौं – देश लकडाउनले ठप्प भएको बेला,दिउँसो १२ बजे तिर हामी रिपोर्टिङको समयमा चक्रपथ पुगेका थियौं । छेउमा प्रहरी जवान हुनुहुन्थ्यो, उहाँको सेटमा बोलेको सुनियो, ‘बा १७ च १७७१ नम्बरको प्राइभेट गाडी राहत बितरणको लागि हिंडेको छ । प्रहरीहरु यो गाडीसँग चिर–परिचीत जस्तै गरि आवतजावत गरिएको बुझ्न सकिन्थ्यो । हामीलाई पनि कौतुहलता लाग्यो कि, यो बिपतको समयमा प्रायः मानिसहरु आफ्नो ज्यान जोगाउन घरमा नै बसिरहेको अबस्थामा को रहेछ भन्ने जिज्ञासाले गर्दा हामीले एकछिन कुरा गर्ने मनासायका साथ एकछिन गाडि रोक्न लगायौं ।

हेर्दा भरखरका चिटिक्क परेका आफ्ना सुरक्षाको लागि हातमा पन्जा, मुखछोप्ने माक्स, अनि छेउमा सेनिटाइजर राखेका ति ब्यक्ती थिए सरकारले पिछडिएको क्षेत्र घोषणा गरेको कर्णाली प्रदेश, हुम्ला जिल्लाका स्थानीय बासिन्दा तथा ने बि संघ पुर्ब केन्द्रिय सदस्य तथा नेपाली काङ्ग्रेस हुम्लाका महासमिती सदस्य अर्जुन महतारा ।

हामीलाई लाग्यो सेवा गर्न क्षेत्र, जात,धनी,गरिब भन्ने नै हुनुपर्दो रहेनछ । सेवा गर्नको लागि त मन हुन पर्दोरहेछ । उनी बिशेष गरि आफ्नो जिल्ला हुम्लाबाट काठमाडौं बसोबास गर्दै आएकाहरु, जसले यो कोरोना भाइरसको महामारीमा परि निकै समस्या झेलिरहेका छन् । ति हुम्लाबासीको समस्या समाधानमा खटिएर बेसाहरा महसुस गरेकाहरुलाई सहयोग र भरोसा दिइरहेका रहेछन् ।यति बुझेपछि झन उनिदेखि हामिलाई कौतुहलता जागेर आयो । हाम्रो जिज्ञासा बमोजिम उनले कुराकानी सुरुवात गरेः

हेर्नुस म सामान्य परिवारबाट आएको ब्यक्ती हो । मेरा विद्यार्थी जिवनमा निकै अभाव र पिडा झेलेको अनुभवहरु छन् । यो विपतको समयमा आफू पनी सामान्य ब्यबस्थापनमा लागेकाले ति बिद्यार्थि, असायहरुको पीडाको अनुभव गर्दै कमसेकम भोकबाट कोहि पनी मर्न नपरोस् भन्ने मानसिकता बोकेर सम्भावना भएसम्म म बाट राहत पाउने आशा बोकेकाहरुले गरेका फोनबाट उत्प्रेरणाको महसुस गर्दै सामान्य सहयोग गरेको र उनिहरुलाई आफुले जाने बुझेको जती सचेतना समेत जगाएको छु ।

भए सम्म मिलेसम्म आफैं गाडी गुडाएर पुग्ने गरेका उनी यस्तो समयमा तपाई लाई घरबाट बाहिर निस्कन डर लागेन भन्ने हाम्रो प्रश्नमा, मन्द मुस्कान सहित मान्छे जन्मेपछी मर्ने कुरा त छँदैछ, सकेसम्म आफूले सचेतना अपनाएको छु ।बाँकी भगवान भरोसा भनेर भाबुक स्वभावमा जबाफ दिए ।

भगवान मान्नु हुन्छ ? उनले जोडे, भगवान मनले मान्ने हो भगवान खोज्न, मठ मन्दिर नै जानुपर्छ भन्ने छैन् । आफ्नो मन खुसी बनाएर, आफ्नो क्षमताले सकेजती असहाय दिन दुःखीलाई निस्वार्थ सेवा गर्दछु । अरुले के भन्छन् ,त्यसले खासै अर्थ राख्दैन । वास्तबमै भन्ने हो भने,आफुमा सेवा गर्ने अठोट हुनु नै भगवानको रुप हो ।

हाम्रो नेपाली समाजमा केही गर्यो भने, किन गर्यो कसरी गर्यो,अनि गरेन भने,यसको केही काम छैन किन गरेन भन्छन् । केही गरेपनि जस पाइदैन।तर अरुले के भन्छन सग होइन म चाहिँ कर्ममा बिश्वास गर्छु । त्यसैले मनले जे भन्छ,त्यही गर्नुपर्छ ।

कसरी सहयोग गर्ने सामर्थ्य गर्नु भयो,श्रोतको ब्यवस्थापन कसरी गर्नुभयोरु उनले,मुस्कुराउदै भने आफ्नो दैनिक खर्च चिया खाजा नास्ता र आफ्नो गाडी पार्किङ चार्ज गरेर एक हजार रुपैयाँ हो त्यो पैसा त अहिले जोगिएको छ नि ।त्यसैगरि घरको खर्च तरकारी माछा मासुको कटौती गरेर जोहो हुनेगरेको छ ।आफुसग पनि पैसा नभइ गरेको हो भन्ने अबस्थाले गर्दा ब्यबसाय त चौपट्ट छ ।दिनहुँ नोक्सानि ब्यहोर्नु परेको छ र पनि मनले सहयोग नगरी बस्न मानेन । देश युद्धमा रुमलिरहेको बेलाको त्यो मेरो विद्यार्थी जिबनमा भएको पिडालाई सम्झिए अनि गाउँ बाट ठूलो सपना लिएर शहरमा अध्ययन गर्न आएका ति नवजवान भबिस्यका कर्णदार हस्तिहरुलाइ प्रोत्साहन मिलोस र मैले भोगेको त्यो समयको पिडा कसैलाई नदोहोरियोस भन्ने लाग्यो त्यसैले गरें ।

महतारा आफैं सामाजिक न्याय र समाज सेवामा समर्पित भएका ब्याक्ति रहेछन।गत बिनासकारी भुकम्पमा उनले प्रभावित क्षेत्रमा सहयोग गरेका थिए भने हाल कोरोना भाइरलले मुलुक आक्रान्त परेको बेला हुम्ला घर भइ काठमाडौ बसोबास गर्दै आइरहेका श्रमिक,विद्यार्थी लगायत लाई निरन्तर राहत सामाग्री बितरण गर्दै आइरहेका रहेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement