अवको पाँच वर्षभित्र निजी विद्यालय बन्द गर्नुपर्छ : बस्नेत

अवको पाँच वर्षभित्र निजी विद्यालय बन्द गर्नुपर्छ : बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले अवको पाँच वर्षभित्रमा विद्यालय तहमा निजी शिक्षा अन्त्य हुनुपर्ने वताएका छन्।  बस्नेतले अहिलेको संविधान कार्यान्वयन गर्नलाई विद्यालय तहमा निजी शिक्षा बन्द गर्नैपर्ने धारणा राखेका हुन्।

राजनीतिक क्षेत्रमा मात्र संविधान कार्यान्वयन गरेर नपुग्ने भन्दै बस्नेतले भने’ ‘संविधानले नै विद्यालय तहको शिक्षा अनिवार्य र निशुल्क भनेर किटानी गरेको छ।’ शिक्षा क्षेत्रमा संविधान कार्यान्वयन गर्नका लागि निजी विद्यालय बन्द हुनु अनिवार्य रहेको बस्नेतले जिकिर गरे।

संविधान अनुसार निजी विद्यालय अहिले नै बन्द हुनुपर्ने भएपनि त्यसको विकल्प तयार नभइसकेकाले राज्यले योजना वनाएर ५ वर्षभित्र त्यसलाई कार्यान्वयन गरिसक्नुपर्ने बस्नेतले वताए। ‘निजी विद्यालय बन्द गर्ने विषय कसैलाई अप्रिय लाग्न सम्छ। तर यो संविधान कार्यान्वयनको सवाल हो ।’ बस्नेतले भने।

शुक्रबार अखिल(क्रान्तिकारी) शंकरदेव क्याम्पसको नवौं क्याम्पस सम्मेलनमा वोल्दै क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले संवैधानिक अधिकारको रुपमा ग्यारेन्टी गरिएको शिक्षा निशुल्क हुनुपर्ने जिकिर गरे। भुवन चेम्जोङको अध्यक्षतामा भएको कार्यक्रममा क्रान्तिकारीका सचिव डिवि साउद,केन्द्रीय सदस्य इन्द्र लामा लगायतले शुभकामना दिएका थिए। सम्मेलनले मदन ढकालको नेतृत्वमा ४५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।