काठमाडौं – नायिका प्रियंका कार्कीले नयाँ घर किनेकी छन् । यही फागुन महिनाभित्र विवाह गर्न लागेकी नायिका कार्कीले प्रेमि आयुष्मान देशराज जोशीसँग मिलेर नयाँ घर किनेकी हुन् ।
बुधवार फिल्म ‘लक्का जवान’को ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक कार्यक्रममा आफ्नी आमा र परिवारका केही सदस्यको साथमा पुगेकी प्रियंकाले हालै आयुष्मानसँग मिलेर नयाँ घर किनेको जानकारी दिएकी हुन् ।
‘आयुष्मान र म मिलेर काठमाडौंमा नयाँ घर किनेका छौं । घर सेटअपमा अहिले व्यस्त छु,’ प्रियंकाले भनिन्, ‘घर सेटअप के हो भन्ने मैले बल्ल थाहा पाएँ । त्यसैले अहिले मामुहरु मसँगै हर बखत हुनुहुन्छ ।’
प्रियंकाले फागुन १५ वा १७ गते विवाह गर्ने चर्चा चलेपनि उनले वास्तविक मिति भने सार्वजनिक गरेकी छैनन् । गत महिना आफ्ना केही नजिकका साथीहरुसँग थाइल्याण्डमा ब्याचलर पार्टी मनाएकी प्रियंका अहिले भने विवाहको तयारीमा पूरै जुटेकी छिन् ।
कार्यक्रममा प्रियंकाले विवाहका लागि पूरै समय दिन नयाँ फिल्मका अफरहरु समेत आफूले रिजेक्ट गर्ने गरेको गरेको जानकारी दिइन् । उनले अगाडि भनिन् ‘विवाह अगाडिसम्म म कुनै प्रोजेक्टमा आवद्ध हुन्नँ ।’ विवाह पछि प्रियंका आयुष्मानका साथ नयाँ घरमा सेटअप हुनेछिन् ।




प्रतिक्रिया