प्रियंकाको चाहना प्रधानमन्त्री बन्ने


एजेन्सी – चर्चित अभिनेत्री प्रियंका चोपडाले अब राजनीतिक यात्रा सुरु गर्न चाहेको बताएकी छिन् । प्रियंकाले हालै दिएको एक अन्तर्वार्तामा राजनीतिक महत्वाकांक्षाको बारेका कुराकानी गरेकी छिन् ।

उनले आफूलाई कुनै दिन भारतको प्रधानमन्त्री बन्ने इच्छा रहेको बताएकी छिन् । यति मात्रै होइन प्रियंकाले उनका पति निक जोनसले पनि कुनै दिन अमेरिकाको राष्ट्रपतिको चुनाव लडून् भन्ने चाहना रहेको बताएकी छिन् । तर प्रियंकाले भने पनि निकलाई राजनीतिमा कुनै इच्छा नरहेको पनि बताएकी छिन् ।

प्रियंका चोपडा अभिनेता फरहान अख्तर र जायरा वसीमका साथ फिल्म ‘स्काइ इज पिंक’ मार्फत बलिउडमा कमब्याक गर्ने तयारीमा छिन् । साथै उनी हलिउडका केही प्रोजेक्टमा समेत व्यस्त छिन् ।

मोडलिङबाट करियरको सुरुवात गर्दै मिस वर्ल्डको ताज जितेर बलिउडमा स्थापित हुँदै हलिउडमा पाइला टेकेकी प्रियंकाले अब भने राजनीति गर्न चाहेको बताएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement