एजेन्सी – पाकिस्तानी मानव अधिकारमन्त्री शिरिन मजारीले बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडालाई युनिसेफको दुतबाट हटाउन माग गरेकी छन् ।
द वायर हिन्दीका अनुसार कश्मिर मुद्दामा बिबादित बयान दिएको भन्दै मजारीले युनिसेफका कार्यकारी निर्देशक हेनरिकेटा फारलाई पत्र लेख्दै प्रियंकाले परमाणु युद्वको समर्थन गरेकाले सयुक्त राष्ट्र संघको मान्यता बिपरित भएको भन्दै उनलाई युनिसेफको दुतबाट हटाउन माग गरेकी हुन् ।
मजारीले नरेन्द्र मोदी सरकारद्वारा जम्मु कश्मिरलाइ दिएको विशेष राज्यको मान्यता खारेज गरि कथित रुपमा जम्मु कश्मिरमा रहेका मुसलमानको जातिय सफाई गरि यस क्षेत्रमा संकट ल्याएको बताउँदै उनले भारतको पूर्वोत्तर राज्य असमका चालीस लाख मुसलमानलाई मोदी सरकारले नागरिकताबाट बन्चित गरिरहेको आरोप लगाइन् ।
यसका साथै उनले कश्मिरमा भारतिय सुरक्षा बलले माहिला र बच्चालाई निशाना बनाई पेलेट गनको पर्योग गरेको बताइन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जसरी नै उनले पनि मोदी सरकारलाई नश्लबादी र हिन्दु बर्चस्वबादी भएको आरोप लगाइन् ।
उनले भनिन प्रीयंका चोपडाले मोदी सरकारको फासिज्म नश्लबाद र नरसंहारको समर्थन गरेको र भारतित रक्षामन्त्रीको पाकिस्तानलाई परमाणु खतराको पनि समर्थन गरेकोले चोपडालाई सयुक्त राष्ट्र संघ शान्ती दुतका रुपमा राख्नु शान्ति र सद्भावनाका बिरुद्व हो भनेकी छिन् ।




प्रतिक्रिया