काठमाण्डु – भारतमा हुने कलिङ साहित्य महोत्सवमा ६ जना नेपाली लेखक वक्ताको रूपमा सहभागी हुने भएका छन् ।
नेपाली लेखक तथा संस्कृतिविद डा. बीणा पौड्यालले प्रतिष्ठित कलिङ अन्तर्राष्ट्रिय साहित्य पुरस्कार प्राप्त गर्नेछन् । वार्षिक रूपमा मनाउँदै आएको कलिङ साहित्य महोत्सव (केएलएफ) फेबु्रअरी ९–११ (२६ माघ –२८ माघ) उडिसा राज्यको भुवनेश्वर स्वस्ति प्रिमियम होटलमा सञ्चालन हुने भएको छ ।
आफ्नो दशौं वर्ष मनाउँदै महोत्सवले जीवनका सबै क्षेत्रका लेखक, वक्ता, विचारक र मानवतावादी, संगीतकर्मीहरूको अनुभूतिलाई प्रदर्शन गर्ने जनाइएको छ ।
भारतमा हुने कलिङ साहित्य महोत्सवमा नेपाली संस्कृतिविद् तथा प्रा.डा. बीणा पौड्याल अतिथि तथा वक्ताको रूपमा सहभागी हुनेछिन् ।
महोत्सवमा प्रख्यात विद्वान, पूर्व अन्तर्राष्ट्रिय निजामती कर्मचारी, कूटनीतिज्ञ विश्व पराजुली, लेखिका कल्पना पराजुली, साहित्यकार रञ्जना निरौला, लेखक सुमित शर्मा समीर, लेखक तथा कलाकार सम्पदा मल्ल वक्ताका रूपमा रहनेछन् ।




प्रतिक्रिया