काठमाण्डु – काठमाण्डु उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । आज काठमाण्डु उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।
यस्तै बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको छ । यस्तै किराना पसल र डिपार्टमेन्ट स्टोर विहान १० बजेसम्म खोल्न दिने निर्णय भएको छ ।
बैठकमा काठमाण्डुका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी थिए । कोरोना संक्रमणका कारण ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला बैठकमा सहभागी भएनन् ।







प्रतिक्रिया