काठमाण्डुमा निषेधाज्ञा कडा पार्न सिडिओ सहितको टोली सडकमा

काठमाण्डुमा निषेधाज्ञा कडा पार्न सिडिओ सहितको टोली सडकमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमनमा निस्किएका छन् ।

शनिबार सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षा अधिकारी, काठमाण्डुका मेयर विद्यासुन्दर शाक्यकासाथ पराजुली अनुगमनमा निस्केका हुन्। शुक्रबार बसेको जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) बैठकले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको थियो।सोही अनुसार काठमाण्डु प्रशासनले जारी निषेधाज्ञालाई थप कडा पारेको छ ।

यसको निरिक्षण गर्न प्रमुख जिल्ला अधिकारी पराजुली निस्किएका हुन् । उनले भने ‘अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर ननिस्किनुस् भन्ने हाम्रो अनुरोध छ कसैले अटेरी गरेको पाइए सम्झाउने, बुझाउने, होल्डिङ सेन्टरमा राख्ने र फर्काउने गरिएको छ।’

सम्झाइबुझाइ गर्दा नमाने संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने पराजुलीले बताए । अनुगमनमा निस्केको टोलीले अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुलाई कम्तीमा १० दिन क्वारेन्टाइन वा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गर्नुपर्ने देखिएकाले खाली भवनहरूको खोजी समेत गरेको बताइएको छ ।