दाङ, सुर्खेत र जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा

दाङ, सुर्खेत र जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दाङ, सुर्खेत र जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा थपिएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि यहाँ वैशाख १७ गतेदेखि निषेधाज्ञा लागेको थियो । सुर्खेतमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

सङ्क्रमण र मृत्युदर उच्च रहेपछि निषेधाज्ञा जारी गर्नुको विकल्प नभएको प्रशासनले जनाएको छ । निषेधाज्ञा खुकुलो हुँदा सङ्क्रमण रोकथाममा जटिलता देखिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञामा कडाइ गर्ने तयारी गरेको छ ।  यसैगरी कोरोना नियन्त्रण गर्न जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना फैलने दर बढेकाले दुइ हप्ता निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिए ।