जनकपुर – प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले कार्यकक्षमै बोलाएर सचिवमाथि हातपात गरेका छन्। आइतबार मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् ।
मन्त्री यादवले दुर्व्यवहार गरेका सचिवलाई तत्काल पक्राउ गर्न उल्टै प्रहरीलाई निर्देशन दिएका छन्। मन्त्रीको निर्देशन लगत्तै पत्रकारसँग रोइरहेका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई प्रहरीले पक्राउ गरेको छ।
गरिबी निवारणको कोषको रकम सञ्चालनको विषयलाई लिएर प्रदेश दुई सरकारका अर्थमन्त्री र उद्योग , पर्यटन तथा वातावरण मन्त्रालयका सचिव बीच कुटाकुट भएको हो । कुटाकुट हुँदा सचिव झाको मुख फुटेको छ ।




प्रतिक्रिया