प्रदेश दुईमा बिहीबार सार्वजनिक बिदा

प्रदेश दुईमा बिहीबार सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – दुई नम्बर प्रदेश सरकारले बिहीबार (भोलि) पनि सार्वजनिक बिदा दिने भएको छ । बिहीबार हिन्दु धर्मालम्बीहरूको पर्व रक्षाबन्धन परेकाले प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश दुई सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाले हर्षाेल्लासका साथ रक्षाबन्धन मनाउन सबैसँग अनुरोध गरेका छन् ।

संघीय सरकारले पर्वलगायतको बिदा कटौती गरेपछि प्रदेश सरकारहरूले बिदा दिँदै आएका छन् । यसअघि बकर इदको अवसरमा प्रदेश २ सँगै प्रदेश ५ ले सार्वजनिक बिदा दिएका थिए ।